काठमाडौँ, भदौ ५ । नेपाली लोक गायनको क्षेत्रमा मौलिक तीज गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । पराईको घरमा नारीले भोगेका पिडा र मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । सल्यान कोटबाराका सर्जक तथा रेडियो सल्यानमा कार्यरत गायक खगेन्द्र प्रकाश ओली र गायिका रिता रावतको आवाजमा रहेको “शिवजी” बोलको गीतको भिडियोलाई सल्लेरी म्युजिक एण्ड फिल्मस प्रालीले बजारमा ल्याएको छ ।
नव विवाहित चेलीको मन भित्रको पिडा र तीजमा माइत जान पाउदाको उत्साहलाई निकै रमाइलो तरिकाबाट समेटिएको छ । खगेन्द्र प्रकाश वलीको मार्मिक शब्द तथा विक्रम थापाको मनै छुने लय सिर्जनामा गीत रहेको छ । म्युजिक भिडियोमा तिलक शाही ठकुरी र लक्ष्मी ओली अभिनय देख्न सकिन्छ । भिडियोलाई सुरेश र चेङवा ले छायाँकन र प्रकाश धमलाले सम्पादन गरेका छन । गीतको भाव अनुसारको कलाकारहरुलाई प्रोत्सान गर्ने काम भिडियो निर्देशक स्मृति तिम्सिनाले गरेकी छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया