किरण नेपालीको चलचित्र “डोली”को पहिलो गित ‘झ्यानाकुटी झ्याई’ बोलको गित सार्वजानिक भएको छ । लोक प्याटनमा तयार भएको यो गितमा किशोर खतिवडा,पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित लगायतका कलाकारहरु फिचरिड. भएका छन् ।

छायांकन सकिएको छोटो समयमा नै दर्शकमाझ पहिलो गित बजारमा आएको हो । मंसिर २८ गतेलाई रिलिज डेट तोकिएको “डोली”को यो गित केही समय अगाडी रिलिज गरिने भनिएता पनि निर्माता किरणलाई सोहि समयमा पितृ शोक पछि यो गितको रिलिज समयम केही दिन लम्बिएको निर्माण टिमले बताएको छ । समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको यो चलचित्रमा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजानिक गितमा हरि उप्रेतीको शब्द रहेको छ भने संगित तथा स्वरमा सि.डि बिजय अधिकारीको रहेको छ भने मेलिना राईले पनि स्वर दिएकी छिन् । श्री कृष्ण परियारको नृत्य रहेको यो गितले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । चलचित्रमा अर्जुन गुरुड., नविन रेग्मी,हिमवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया