राजु बोहरा–काठमाडौँ । बर्ष भरी काम गर्यो जिबनी यात्राहरुमा थकाइ मार्ने बहाना स्वरूप बिभिन्न चाड पर्ब आउने गर्दछन् । सोहि क्रममा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली पनि नजिक आइसकेको छ । यसै अवसरको शुभकामना ब्यक्त गर्दै अहिले विभिन्न दशैँ तिहार बिशेष गीतहरु पनि सार्बजनिक हुन थालिसकेका छन् । हो यसै समयलाई केन्द्रित गर्दै यतिबेला सुन्दर आर.डी र वर्षा सिलवालको “घर सम्झेर आउनुस पियारा” बोलको गीत पनि बजारमा आएको छ ।

खासगरी बाध्यता र बिबस्ताले परदेशिएका नेपालीहरुको यथार्थतालाई चित्रण गरिएको यस गीतमा सुन्दर आर.डी र वर्षा सिलवालको नै सुमधुर स्वर सुन्न सकिन्छ । सुन्दर आर.डी को मनै छुने लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै घत लाग्दो बनेको छ । भिडियोमा सुन्दर आर.डी, इश्वर सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुरेन सुजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया