राजु बोहरा–काठमाडौँ । हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती आधुनिक गिती संग्रह ‘यति टाढा जाने मन छ’  बोलको गीतको म्यूजिक भिडियो विमोचित भएको छ । मंगलबार राजधानी स्थित संवाद डबलीमा नायक नवल खड्काले उक्त म्युजिक भिडियो प्ले गरेर विमोचित गरेका हुन् । गायक देव शाहनीको एकल स्वर शब्द र संगित तथा मोडल दोय सुनिता धिताल दाहाल तथा विनोद के.सि द्वारा अभिनित भिडियो निकै नै राम्रो भएको प्रमुख अतिथि नायक खड्काले बताए ।  खड्काले शुभकामना दिँदै गीतप्रति झल्किएको राष्ट्रियता नेपालप्रतिको मायासमेटिएको र आफू पनि राष्ट्रका लागि केहि गरौं भन्ने भएकालेआफूलाई निकै छोएको धारणा व्यक्त गरे ।

दशगजा, भिमदत्त, आवाज लगायतका दर्जनौं राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्रहरु निमार्ण तथा अभिनय गरिसकेका नायक खड्ले अहिले ‘काँडेतार’ नामक चलचित्र निमार्ण गर्न लागेको जानकारी दिए । वीर गोरखाली, राष्ट्रियता, ईतिहाससँग सम्बन्धित चलचित्र निमार्ण गर्नु पर्ने धारणा राख्दै उनले भने,“हाम्रो देश दक्षिणी छिमेकीबाट निकै हेपियो, लेटियो अब सिमानामा काँडेतार यसको मुक्तिको अचुक उपाय हो ।” विशिष्ट अतिथि रहेकी कलाकार नन्दा बस्यालले दिदी भाई हुनको लागि एउटै काखबाट जन्मिनुपर्छ भन्ने छैन भन्दै, गयक देव शाहनीलाई नजिकबाट अध्ययन गरेकोले उनि एक कुशल, मेहनती, सहयोगी र बहुप्रतिभाशाली व्यक्तित्व भएको र यो गीत पनि राम्रो भएको बताइन् ।

लोक दोहोरी गायक गणेश चौलागाईँले यो गीत सँग जोडिन पुगेका सम्पुर्ण कुशल सर्जकहरुमा सफलताको शुभकामना दिए । त्यस्तै ‘तिमीलाई हाँङकङ् पुर्यायो, आइडि काडैले..’ नामक गितबाट चर्चामा आउन सफल गायिका सत्यकला राईले गितको स्वर,संगित तथा शब्द स्वदेशमा र अरु निर्माण कार्य अमेरिकामा भएर पुन स्वदेशमै सार्बजनिक हुनुले स्वदेश प्रतिको माया झल्काएको धारणा व्यक्त गरिन् ।

देव शाहानिको उक्त गीतलाई आलाप रेकर्डिङ्का प्रमुख झलक संगितम तथा उद्वराज खड्काले पनि पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा नायक नवल खड्कालाई मायाँको चिनो दिएर सम्मान गर्दै उक्त भिडियोका गायक शहानीले जो जति टाढा भए पनि राष्ट्र र राष्ट्रियताका निम्ति गर्नु पर्ने बताए ।

यस गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया