राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को उत्कृष्ट गीत सार्बजनिक भएको छ । सोहि क्रममा बिशेष गरी एक नारीको सुन्दरता माथि केन्द्रित गरिएको “ओंठमा लाली” बोलको पनि सार्बजनिक भएको छ । यस गीतमा मिलना राइको कर्णप्रिय स्वर सजिएको छ । गायिका मिलानाको स्वरले आफु त्यति राम्री नहुँदा पनि धराने मायाले चुम्बक झैँ तान्यो भन्ने किसिमको भाव बोलेको छ ।

यस गीतलाई बिगत निकै लामो समय यता सांगीतिक क्षेत्रमा क्रियासिल रहेर बिभिन्न गीतहरु पस्किंदै आएका उनै प्रिय गितकार तथा संगीतकार उदिम राईले शब्द संगीत भरेका छन् । उनले यस भन्दा अगाडी बजारमा ल्याएका गीतहरुले पनि अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा रिचा र रबिनको उत्कृष्ट अभिनय देख्न सकिन्छ । बुद्ध सयामिको संगीत संयोजन बाट सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन देबेन्द्र कुँवरले गरेका छन् । “मिलन” नामक एल्बममा समाबेस गरिएको यस गीतको म्युजिक भिडियोलाई छायांकन ज्ञानु राई ले गरेका हुन् भने सम्पादन असोक मल्लले गरेका छन् । गीतको अडियो भिडियोको सर्वाधिकार एकता म्युजिक संग सुरक्षित रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया