राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली लाई लक्षित गर्दै अहिले बजारमा यसै चाड संग सम्बन्धित गीतहरु धेरै आएका छन् । यस भित्र बजारमा आएका गीतहरुमा पनि कलाकारहरुले कसरी हुन्छ उत्कृष्टता दिने भनेर लागि परेका हुन्छन् । सोहि क्रममा नानु मगर र रेशम के.सी को सुमधुर स्वर लहरीमा बुनिएको एक निकै मन छुने दशैँ बिशेष गीत बजारमा आएको छ । गीत सुन्दा र हेर्दा एक किसिम उमङ्ग पैदा भएता पनि केहि पिंडा पनि उक्त गीतले बोलेको छ ।

कल्याण लुइंटेलको प्रस्तुतिमा उक्त गीत “गाउँ बेंशीले परदेशी बोलायो” बोलको रहेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका शिब हमालको मन छुने लय तथा शब्द सृजनाले भरिएको यस गीतको म्युजिक भिडियोमा लोमुस शर्मा र आरुषी मगरको अभिनय देख्न सकिन्छ ।

गीतको भाव जस्तै गायक रेशम के.सी यति बेला प्रबाशमा नै रहेका छन् । त्यसैले पनि उनले आफ्नो स्वर मार्फत अशंख्य प्रबासी नेपालीहरुको यथार्थतालाई यस गीत मार्फत बोलेका हुन् कि जस्तो लाग्न सक्दछ । भिडियोलाई निर्देशन कुमार के .सी ले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन सुजन शाहीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया