राजु बोहरा–काठमाडौँ । नेपली लोक तथा दोहोरी गीतका पारखीहरुका लागि अहिले दशैँ संग सम्बन्धित गीतहरु बजारमा आइरहँदा अर्को सदाबहार दोहोरी गीत पनि भर्खरै बजारमा आएको छ । मेशना डिजिटल प्रालिले बजारमा ल्याएको उक्त गीत लोकेस कुमार बि.क “नलगाए दोष” बोलको रहेको छ । बाध्यता र परिस्थिले संगै जिउछु र संगै मर्छु भने बाचा गरेको मायालु संग छुटिनु परेको वियोगान्त प्रेम कथामा आधारित यस गीतमा सुरेश रावल र देवी घर्तीको कर्णप्रिय स्वर लहरी सजिएको छ ।

गोरख रावलको मन छुने लय शब्द बाट तयार भएको यस गीतको म्युजिक भिडियोमा सगुन शाही, लोकेश कुमार बि.क र धिरेन्द्र बि.क को अभिनय देख्न सकिन्छ । बबिता श्रेष्ठ द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई मुकेश हुमागाई र सम्पादन अविनास डी.सी को सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया