नेपाली लोकदोहोरी विकाशमा समर्पित झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा सत्य घटनामा आधारित गीत ‘फाँसीका ’ भिडियो बजारमा आएको हो । बाध्यतावस अरुको देशमा गएर पसिना बगाउने युवा र त्यहाँ भएको गल्तीको सामान्य अवस्थामा पनि फाँसी जस्तो निदयी अवस्थालाई गीतमा समेटिएको छ । चर्चित गायक विष्णु खत्रीको स्वरमा सजिएको गीतमा बास्तविक भोगाइलाई समेटिएको छ ।
दिलिप रेग्मीको शब्द तथा विष्णु खत्रीको मौलिक लय सिर्जना रहेको छ । गीतको भिडियोमा मरुभुमि नारायणको छायाँकन , रमेश रसायलीको सम्पादन र दिलिप रेग्मीको निर्देशन रहेको छ । मार्मिक भिडियोमा दिलिप रेग्मीको निकै लोभलाग्दो अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया