विवादित अभिव्यक्तिका कारण बलिउड अभिनेत्री राखी सावन्त सधैँ चर्चामा रहने गर्छिन् ।

केही समयअघि राखीले तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि लगाएको आरोप झुटो भएको बताएकी थिइन् । उनले तनुश्रीले बलिउडलाई नै बदनाम गर्ने प्रयास गरेको आरोपसमेत लगाएकी थिइन् । राखी फेरि एकपटक तनुश्री दत्तामाथि गम्भीर आरोप लगाएर चर्चामा आएकी छिन् । प्रेस कन्फ्रेन्स नै गरेर राखीले भनिन्, ‘तनुश्री दत्ता एक लेस्बियन महिला हुन् ।’

बलिउडमा ‘आइटम गर्ल’ का रुपमा चिनिएकी राखीले बुधबार भनिन्, ‘मैले प्रहरीमा उजुरी पनि दिएकी छु । १२ वर्षपहिले तनुश्रीले मेरो रेप गरेकी थिइन् । पहिले म यो कहिल्यै खुलासा गर्न चाहन्थिनँ । तर आज यसबारेमा खुलासा गर्दैछु । तनुश्रीमा एक पुरुष र एक महिलाको गुण दुवै छ ।’

राखीले अगाडि भनिन्, ‘आज म भारतसामु सबै कुरा बताउन चाहन्छु । आज १२ वर्षअघि ममाथि बलात्कार भएको थियो भन्दा म निकै दुखी छु । तनुश्रीसँग धेरै साथी थिए । रेव पार्टी हुने गर्थ्यो । उनी मलाई लिएर जाने गर्थिन् ।’ उनले आफूसँग सबै प्रमाण भएको र अदालतसामु पेस गर्ने बताएकी छिन् ।

राखीले आफूलाई तनुश्रीको समर्थन गर भन्दै धम्की आएको पनि आरोप लगाएकी छिन् । उनले भारतमा मि टू अभियान लन्च गर्न तनुश्रीलाई कति पैसा प्राप्त भएको छ भनेर पनि प्रश्न गरिन् ।

तपाईको प्रतिक्रिया