राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको दोश्रो महान चाड दिपवालिलाई लक्षित गर्दै पछील्लो पटक बिभिन्न गीतहरु बजारमा आइरहेका छन् ।  सोहि क्रममा एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतका कोसेलीहरु बजारमा ल्याई रहेको हिम सम्झौता डिजिटल प्रा.लि ले पनि अर्को गीत सार्बजनिक गरेको छ ।  नन्दराम परियारको नाममा सार्बजनिक भएको उक्त गीत “बजा भाई बजा” बोलको रहेको छ ।

बिगत ५ बर्ष यता निरन्तर अन्य गीतहरु संगै तिहार गीत पनि प्रकासनमा ल्याइरहेको हिम सम्झौता प्रा.लिले बजारमा ल्याएको यो आफ्नो उत्पादनमा पाचौं भाग हो खुमन अधिकारी र लक्ष्मी परियारको सुमधुर स्वरमा रहेको छ ।  आफ्नै कला संस्कृति र मौलिकता भित्र अनुबन्धित यस गीतलाई आफ्नो लयको जाल भित्र शब्द बिष्णु न्यौपाने बुनेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा धुर्ब हिमाली र रिना थापा मगरको आकर्षक अभिनय रहेको छ ।  तिहार पर्ब मनाई रहंदा यस गीत सुन्दा र हेर्दा थप आनन्दको अनुभूति हुने भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन मनोज कार्कीले गरेका छन् ।  हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया