राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत, त्यसमाथि पनि युवावर्ग लक्षित गीतहरु मन पराउने श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै बिगत निकै लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रिसिल सज्जन धामीले “फकाउनै गाह्रो भो” बोलको गीत लिएर आएका छन् । युवनले छोए पछीका उन्मादलाई केन्द्रित यस गीतको शब्द भावलाई काल्पनिक के.सी ले तयार परेका हुन् भने संगीत पनि उनै काल्पनिक को नै रहेको छ ।

सज्जन धामीको सुमधुर स्वरबाट सुसजित यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भएको छ । भिडियोमा बिक्रम चौहान र सुजिता ओडको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन पदम सुबेदीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया