काठमाडौ, कात्र्तिक १८ ।
लोक गीत संगीतको विकाशमा समर्पित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत ” यादमा मन रुन्छ ” भिडियो बजारमा आएको छ ।
प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । अनिल एन्टी आर माझीको शब्द तथा लय सिर्जनामा गीत सिर्जना गरिएको छ । विरानो मुलुकमा गएका श्रीमानको प्रतिक्षामा बसेकी मायालु श्रीमतीको पिरको भावनालाई गीतमा समेटिएको छ । यगराज कवरको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , रिदम तामाङको निर्देशन भिडियोमा रहेको छ । ” यादमा मन रुन्छ ” गीतमा मलेसियाका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । साथै गीतको भाव अनुसार अनिला एनटी आर माझी र हिम्सीला लामाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया