खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’आज युट्युबमा सार्बजनिक भएको छ ।पशुपतिप्रसादुको सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के। खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो। खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् ।

खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। ुधनपतिुको सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन्। निर्माता भने रोजिना सिटौला रहेकी छन्।

तपाईको प्रतिक्रिया