काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गीतमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ ।

हेम लामाको संगीतमा प्रताप दास र मिलन नेवार आमात्यको स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे गरेका छन् ।

शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जानुका कडेल अभिनय रहेको छ र भने बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरे छन् ।

अमेरिकाको न्युयोर्कमा छायाँकन गरिएको देउसी गीतको म्युजिक भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नस्कदाको पिडालाई समेटिएको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गदै आएकी घिमिरेले लेखेको देउसी गीतको स्वर संगीत र शब्दमा जति मिठास छ । परम्परागत नेपाली देउसी गीतको मौलिकतालाई कायम राख्न भिडियोमा पनि उत्तिकै मेहनत गरेको देखिन्छ ।

प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायांकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।

नेपालहरु बिश्वको जुनसुकै कुनामा रहेको भएपनि नेपाली संस्कृतिलाई जोगाउन र त्यसको संरक्षणमा लागेकाको प्रयास स्वरुपनै यो देउसी गीत बजारमा आएको हो, डी फोर क्रियशनले बजारमा ल्याउन लागेको म्युजिक भिडियोमा बिक्की पुलामी शंकर वि.सी को समेत अभिनय हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया