यस अघी चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी निर्मात्री पूनम गौतमले आफ्नो नयाँ चलचित्रमा यहिले कि सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्धित गरेकी छीन । नवल नेपालले निर्देशन गर्न लागेको यो चलचित्रका लागी नायिका रेविका गुरुङ र नायक पुष्प खड्कालाई अगाडिनै निर्माण टिमले अनुबन्धित गरी सकेको छ् । तीन साथीहरुको कथा बोल्ने यस् चलचित्रको छायांकन माघको तेश्रो साता बाट सुरु हुनेछ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यस् चलचित्रको लागी १५ लाख पारिश्रमिक लिएर अनुबन्धित भएकी हुन ।’इन्टु मिन्टु लण्डनमा’पश्चात् उनले यस चलचित्रमा काम गर्न लागेकी हुन्।

तपाईको प्रतिक्रिया