राजु बोहरा–काठमाडौँ । हिउँदाको महिना छ । यस महिनामा प्रसस्त लगनहरु रहेका छन् । यो समयमा बैबाहिक बन्धनमा बाँधिने जोडीहरु पनि धेरै नै हुने गर्दछन् ।यसैलाई मध्यनजर राख्दै नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिभिन्न पन्चेबाजा द्वारा सुसजित गीतहरु पनि बजारमा ल्याइरहेका छन् । यसै भित्र शिब दर्शन डिजिटल प्रालिले पनि एक पन्चे बाजा द्वारा सजिएको गीत बजारमा ल्याएको छ । बि.बि थापाको प्रस्तुतिमा रहेको उक्त गीत “बोलि मिठो” बोलको रहेको छ । महेन्द्र भण्डारीको लय र बि.बि थापाको मौलिक शब्द सृजनाले सजिएको यस गीतमा खुमन अधिकारी र गायत्री थापाको सुमधुर स्वर सुन्न सकिन्छ ।

 “हे बोली मिठो रुपैकी खानी
तिम्रै बयान सुनिन्छ जहानी
खोलीमा पानीको छल्को
जहाँ गएनी मायाकै छ झल्को”

यस गीतको म्युजिक भिडियो हेर्दा कुनै गीतको भिडियो भन्दा पनि वास्तविक विवाहकै भिडियो हेरे जस्तो भान हुन्छ । भिडियोमा सबैले निकै मेहनत गरेकोले भिडियो निकै आकर्षक भएको चर्चित गायिक गायत्री थापाको भनाई रहेको छ । “बोलि मिठो”  बोलको गितको भिडियोमा चर्चित मोडल दुर्गेस थापा र सम्पदा बानियाको अभिनय रहेको छ । नृत्यमा कोरस कलाकारहरुको निकै प्रयोग गराइएकोले गर्दा पनि गीत आकर्षक बनेको छ । शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियोलाई निर्देशन मुनाल शिशिरले गरेका हुन् भने      सम्पादन अमृत चापागाई र छायाँकन दुर्गा पौडेलको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया