काठमाडौँ कार्तिक २-लोक तथा दोहोरी, लोक संस्कृती हामी नेपालीको पहिचान हो । लोक गीत पाखा पखेरीमा गुन्जने गर्दछन् । लोक संस्कृतीलाई बचाउनु हामी सबैको दायित्व पनि हो । कतिपय संगीतलाई नबुझने अबुझ ब्यक्तीले लोक संस्कृतीको खिल्ली उडाउनुका साथै लोक संगीत र लोक संगीतमा लागेका कलाकारहरुलाई हेप्ने गरेको पाईन्छ । प्रायः फिल्मी कलाकारहरुले लोक गीतलाई र कलाकारलाई हेप्ने गरेको जानकारी पाईन्छ । कलाकारले कला बेचेर गला बेचेर खाने हो । कलाले दोहोरी, आधुनिक, फिल्मी, लोक पप केही भन्दैन । तर प्राय फिल्मी कलाकारले लोक गीतमा भिडियोको लागी जती पनि पारिश्रमिक तिरेर डिमान्ड गर्दा लोक गीत पो रहेछ म त खेल्दिन अरु गीत भए खेल्थे भनेर रिजेक्ट गर्ने गर्छन् । यसो गर्नु भनेको लोक सांगीतीक क्षेत्रलाई हेप्नु हो । लोक संगीत पुर्खौ देखी मन पराउदै सुन्दै आएको पाईन्छ ।

आजकल फिल्ममा लोक शैलीका गीतहरु आउने गरेका छन् र तीनै गीतहरु बढी चर्चामा छन् । बरु लोक दोहोरी गीतमा आधुनिकपन आएका छन् । नायक नायिकाहरु फिल्मको लोक शैलीका गीतहरुमा खेल्छन् तीनै गीतहरु चर्चामा रहन्छन् तर लोक दोहोरीमा किन खेल्न मान्दैनन् ? सायद लोक दोहोरीमा आधुनिकपन आएर लोक संगीत पछाडी परेको हो की भन्ने सबैको महसुस भएको छ ।नायिकाहरु बेडसिन दिन तयार हुन्छन् तर लोक दोहोरी गीतमा म्युजिक भिडियोमा खेल्न मान्दैनन् आखिर किन?

पछिल्लो समयको चर्चित गीत सालको पात टपरीमा चर्चित नायिका प्रियंका कार्कीलाई चर्चित निर्देशक शिब बिकले लाख भन्दा बढी पारिश्रमिक दिएर भिडियो खेल्न उनले सिधै यो त लोक दोहोरी गीत रहेछ म त खेल्दिन भनेर लोक दोहोरीलाई हेपेर रिजेक्ट गरेको कुरा मिडियामा खुल्न आएको छ । उनले जति हेपेतापनि सालको पात टपरी गीत पछिल्लो समयको चर्चित गीत बन्न पुग्यो । के साच्चै प्रियंका कार्की लगायत अन्य नायक नायिकाहरुले लोक सांगीतीक क्षेत्रलाई हेपेकै हुन त ? यही बारेमा चर्चित निर्देशक शिब बिकले पोल खोलेका छन् । के रहेछ त खास वास्तविक कुरा ?

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया