काठमाडौं कार्तिक ६ । पछिल्लो समयका आश लाग्दा गायक दुर्गा बिरहीको नयाँ गीत “के छ कोशेली” को भिडियोको बिमोचन कार्यक्रम मंसिर ५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम आशिष म्युजिकका प्रबन्ध निर्देशक रामजी प्रसाद पन्तको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी रास्ट्रीय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान अध्यक्ष चन्द्र शर्मा रहेका थिए ।

भिमसेन खतिवडा द्वारा संचालित कार्यक्रममा रास्ट्रीय लोक संचारकर्मि नेपालका संस्थापक अध्यक्ष गोबिन्द गिरि, सुजन लम्साल, पि.एन सापकोटा, शोभा त्रिपाठि लगायत थुप्रै पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दुर्गा बिरहीको नयाँ गीत “के छ कोशेली”  को पत्रकार तथा कलाकारहरुले सफलताको शुभकामना समेत दिएका थिए ।

“के छ कोशेली” गीतमा दुर्गा बिरही, देबि घर्तीको स्वर रहेको छ भने चर्चित एबम लोकप्रिय सर्जक रमेश बिजिको शब्द अनि दुर्गा बिरही कै लय रहेको छ । उक्त गीतको भिडियोमा मौसम हिमालीको निर्देशन , करण चैसिरको छायांकन, मनोज कार्किको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, पार्वती राई, शोभा त्रिपाठी, धर्मेन्द्र बस्नेतको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया