राजु बोहरा–काठमाडौँ । केहि दिन अगाडी मात्र सम्पन्न भएको सगरमाथा म्युजिक अवार्ड बाट लय तर्फ अवार्ड प्राप्त गर्न सफल स्थायी घर गोर्खा र हाल मलेसियामा रहेका ओम छिनालको लय तथा शब्द सृजनामा फेरी अर्को निकै मनछुने गीत बजारमा आएको छ । उक्त गीत सरोज परियारको प्रस्तुतिमा “उनकै शरण …” बोलको रहेको छ । भर्खरै सार्बजनिक भएको यस गीतलाई सुन्दा र हेर्दा सबै पक्ष बलियो भएकोले अन्य कार्यक्रमहरुमा पनि सम्बन्धित कलाकारहरुलाई अवार्ड दिलाउने छ भन्ने कुरामा बिश्वास लिन सकिन्छ ।

रेजिना परियार र सरोज परियार द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा शरण पंगेनी र दिपिका बानियाँको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ । “उनकै शरण …” बोलको गीतको म्युजिक भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन रमित ओलीले गरेका छन् । यस गीतको अडियो तथा भिडियोको सर्वाधिकार शितल शिजन डिजिटल म्युजिक प्रा.लि रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया