राजु बोहरा–काठमाडौँ । आन्तरिक पर्यटन प्रबर्धनका निमित्त सिन्धुपाल्चोकको सेरोफेरिलाई केद्रित गर्दै सिन्धुपाल्चोक जिल्लाकै युवा जोडी इश्वर सापकोटा र दिनेश भण्डारीको जोडीले यति बेला “सिन्धुपाल्चोक घर” बोलको गीतलाई बजारमा ल्याएका छन् । आफु जन्मी हुर्की खेलेको ठाउँलाई बिस्वको जुनसुकै कुना कन्दारामा पुगे पनि कहाँ भुल्न सकिन्छ र ! आफु मात्र होइन यस जिल्लालाई बिस्वले उच्च नजर लगाएर आन्तरिक पर्यटन प्रबर्धनमा पनि टेवा पुर्याओस भन्ने मूल उदेस्यको साथमा तयार भएको यस गीतको प्रस्तुतिमा काभ्रेली चेली सावित्री राना मगरको पनि संयुक्तता रहेको छ ।

काभ्रेली एक युवतीले सिन्धुपाल्चोक घुम्न जाने भने पछिको प्रसंगमा सुसजित यस गीतमा सिन्धुपाल्चोक जिल्लाको अधिकांस गाउँ वास्तिहरुको नाम अटाउने प्रयास गरिएको छ । गीतमा दिनेश भण्डारी, ईश्वर सापकोटा र सावित्री राना मगरको अत्यन्त कर्णप्रिय स्वर रहेको छ । गीतलाई लय तथा शब्द सिर्जना उनै प्रतिभाका खानि इश्वर सापकोटाले भरेका छन् । गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै उत्कृष्टता दिने प्रयास गरिएको छ । भिडियोमा राजकुमार खड्का, एलिशा न्यौपाने र साथीहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन भुवन श्रेष्ठ मुस्कानले गरेका हुन् भने छायांकन संचु थोकर लामा र सम्पादन भगवान दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया