नेपाली संगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् ।म्युजिक खबर पत्रिकाको कार्यलयमा आफ्नो जन्मदिन मनाउने क्रममा संगीतकार लक्ष्मण शेष , दीपक शर्मा , पत्रकार एवं गीतकार सुमन पण्डित लगाएतले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् ।
टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको गीतमा गायिका मिना निरौला , गायक गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । बादल घिमिरेको शब्द र संगीत रहेको गीत ‘झुम झुम’ लाई शाहस शाक्यको एरेन्ज रहेको छ ।नेपाली सुगम संगीतमा काम गर्दै आएका बादल घिमिरेको अन्य लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।

तपाईको प्रतिक्रिया