काठमाडौँ कार्तिक १९ – नबिन कला मन्दिरको ६२ औ वार्षिक उत्सबका अवसरमा यहि मंसिर २१ गते शुक्रवार कमलपोखरी, काठमाडौ स्थित रसियन कल्चर सेन्टरमा दिउसो १ बजे देखि नवीन कला सम्मान एबम सांस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा चर्चित गीतकार रत्न शमसेर थापा, चर्चित लोक गायिका ज्ञानु राणा, नाट्य अभिनेत्री शकुन्तला शर्मा लगायत केही कलाकार र पत्रकारलाई सम्मान गर्ने कुरा जानकारीमा आएको छ ।

हाल: यस नवीन कला मन्दिरको अध्यक्ष निर्मल रिमाल रहेका छन् । ६२ बर्ष देखि सांस्कृतिक क्षेत्रमा धरोहर सस्थाको रुपमा रहेको नवीन कला मन्दिर १२ नं. मा दर्ता रहेको छ । यस नवीन कला मन्दिरले बिगत देखि नै कलाकारहरुलाई सम्मान गर्दै आएको छ । बिगतको बर्षमा प्राज्ञ श्याम दास बैष्णभ, बरिष्ठ सङ्गीतकार तथा गीतकार हरि प्रसाद रिमाल, बरिष्ठ गायक भक्तराज आचार्य लगायत १५ जना बरिष्ठ कलाकारहरूलाई सम्मान गरेको छ ।

नवीन कला मन्दिरले बिगत देखि सांस्कृतिक कार्यक्रमहरु र सोध अनुसन्धान मुलक कृतिहरु प्रकाशित गर्ने पनि गरेको छ । यस नवीन कला मन्दिरले २ बर्ष अघि हिरक जयन्ती पनि मनाईसकेको छ । नबिन कला मन्दिरको ६२ औ वार्षिक उत्सब सफल पार्नका निम्ति उपस्थित भैदिनका लागि कलाकार र पत्रकारहरुलाई कार्यसमितिका सदस्य राजु अर्याल र भरत बिक्रम ढकालले अनुरोध गरेका छन् । सो कार्यक्रममा चर्चित सङ्गीतकार एबम गायक नरहरी प्रेमी र बरिस्ठ नृत्य निर्देशक नरोत्तम शर्माको बिशेष प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया