काठमाडौँ कार्तिक १९ – “अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मुल नारा सहित बिगत ५ बर्ष देखि प्रत्येक बर्ष राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौले यस वर्ष पनि “छैठौ पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५” मनोनयनमा परेका उत्कृष्ट पाँच भित्रका प्रतिस्पर्धीबाट छ्नोट गरि यहि मंसिर २९ गते अवार्ड बितरण गर्ने भएको छ ।

मंसिर १७ गते सोमबारका दिन विभिन्न मिडियाका पत्रकार समेलन गरि अवार्डको बारेमा छलफल गरिएको थियो । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा भएको यस कार्यक्रममा केन्द्रिय महिला सचिव राधिका हमालको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा सुजन लम्साल, माधब थापा, प्रकाश सपुत, तिलक परियार, उत्तम सुबेदी लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रत्येक बर्ष लोक सङ्गित तर्फका एक अब्बल एबम सक्रिय एक पत्रकारलाई सम्मान गर्दै आइरहेको र यो बर्ष पनि सम्मान गर्ने कुरा बताइएको छ ।  जसको छनोट  कार्यको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितीले गर्ने कुरा जनाईएको छ।

छैठौं पृथ्बी राष्ट्रिय लाके दोहोरी २०७५ मा हाल बिभिन्न २५ वटा बिधा र अन्य बिधा गरि जम्मा ३२ वटा बिधामा अवार्ड बितरण गरिने कुरा अध्यक्ष पिएन सापकोटाले बताए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी केन्द्रीय महिला सचीव राधिका हमालले अवार्ड कार्यक्रम सफल बनाउन म्युजिक बैंक स्टुडियोको तर्फबाट रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरिन ।

 

तपाईको प्रतिक्रिया