राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतका अनुरागीहरुका लागि बन्धन म्युजिक प्रालिले नेत्र बन्धन के.सी को बन्धन भाग ४ “मलाई किन चोट लाग्छ” भर्खरै बजारमा ल्याएको छ । जिबनमा हरेक खुशिहरुले साथ् छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा सबैको मन मुटुको ढुकढुकी बन्न सफल सर्वप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ ।

नेत्र बन्धन के.सी को शब्द संगीत बाट सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा अनु शाह र राजकुमार खड्काको अभिनय रहेको छ । निशान बानियाँ द्वारा निर्देशित भिडियोलाई छायांकन बासु बरालले गरेका हुन् भने सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया