राजु बोहरा–काठमाडौँ । मौसम निकै चिसो छ, यसै चिसो मौसममा नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले न्यानो पनको महसुस दिनका निमित्त फरक-फरक सांगीतिक कोसेलीहरु बजारमा ल्याइरहेका छन् । सोहि क्रममा स्थायी घर काभ्रे भएका युबराज चौलागाईंले पनि “लाइदेउ माया हेन्समलाई” बोलको गीतलाई बजारमा लिएर आएका छन् । पेशाले निर्माण सामाग्री ब्यवासाही रहेका उनले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । युबराजको पछिल्लो गाउँको बिकाश गर्ने भए र दशैँ गीत बाँच्दिन जस्तो छ, हो ।

यिनै गीतको चौतर्फी सफलता पछी उनले यो “लाईदेउ माया हेन्समलाई” बोलको गीत लिएर आएका हुन् । कुनै पनि क्षेत्रमा अगाडी बढ्दा आफुले गरेको कामको सहि मुल्यांकन हुन्छ भने मात्र उक्त काममा बढी ध्यान हुने गर्दछ । युबराजले पनि आफ्नो प्रस्तुतिलाई सबै दर्शक श्रोताहरुको तर्फ बाट सकारात्मक प्रतिक्रिया पाएको कारण यस क्षेत्रमा निकै उत्सुकताको साथ् लागि पर्ने प्रण गरेका छन् । उनको  भर्खरै पटक बजारमा आएको गीतमा आफु स्वयम् को साथमा गायिका पार्वती कार्कीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

युबराज चौलागाईंकै लय तथा शब्द सिर्जनामा तयार भएको यस गीतको म्युजिक भिडियोमा संजिव ठकुरी र रिना थापाको अभिनय देख्न सकिन्छ । शिब बि.क को निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शम्भु चालिसे र सम्पादन रबिन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया