राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र दिनप्रतिदिन ब्यवासाहिक रुपमा धरासाही बन्दै गैरहेको अवस्था छ । थोरै आयआर्जन हुने पाटो भनेको युट्युब छ ।यस भित्र अपलोड गरिने गीतहरुमा पनि कसरी हुन्छ पृथकता दिएर मात्र दर्शकहरुको मन जित्न सकिने अवस्था छ । यो परिपाटीले कलाकार तथा युट्युब ब्यवासाहीको तर्फबाट हदैसम्मको सामाग्रीहरु अहिले डिजिटल प्रब्रिद्धिमा देख्न पाइछ । नेपाली गीत संगीतको क्षेत्र यदि डिजिटल प्रबिरिद्धिको भरमा रहनु पर्ने थिएन र राज्यले पनि गीत संगीतको क्षेत्रलाई उच्च प्राथमिकताको साथमा हेरिदिएको थियो भने आज हामीले यो क्षेण भुग्नु पर्ने थिएन होला ।

हामी आजको यस खबर मार्फत पछिल्लो समयमा बजारमा आएको कमल बुढाथोकी (अनुप) को लोक सांगीतिक कोसेली “दिलको ढुकढुकी” को बारेमा केहि जानकारी गराउंदै छौं । उक्त गीत युट्युबमा प्रकाशन गर्दा अगाडी देखिने आवरण फोटोमा चर्चित गायक प्रनील गुरुङलाई बालक अपहरण गरि हत्या गरेको अभियोग शिर्षक देखाइएको छ । आखिर किन गरे गायक प्रनिल गुरुङले यस्तो हर्कत ? बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल उनले फिदा-फिदा, नौ डाडा पारी, अमुल्यको उपहार लगाएतका गीतहरु बाट चर्चा बटुली सकेका छन् । पछिल्लो समयमा उनि द्वारा अभिनित गीतको आवरण फोटोमा हेर्दा साच्चै उक्त घटना प्रनिल गुरुङको तर्फबाट घटेको हो त ! पत्त्याउनै गाह्रो हुन सक्दछ । तर त्यो उक्त सामाग्रीको भित्रि भाग हेर्दा मात्र त्यो एक गीतको कथामा समाबेस गरिएको घटना प्रष्ट हुन्छ ।

यसैमाथि गीतको सुरुवाती अंशमात्र हेर्ने हो भने जो कोहिलाई उक्त घटना सत्य हो भन्ने भान पनि हुन सक्दछ । त्यसैले हामि सबै संगीत प्यासी मनहरुले गीतको पुरै भाग नहेरी उक्त गीतको बारेमा भ्रामक हल्ला नफैलाउन अनुरोध गर्दछौं । जुन कारणले समबन्धित कलाकारहरुलाई बिबादको चर्चामा ल्याएर थप प्रोत्साहित पनि गरिरहेका हुन सक्दछौं ।

दिलको ढुकढुकी बोलको गीतको म्युजिक भिडियोमा प्रनिललाई शान्ता बस्नेत र सुमन बुढाथोकीले साथ् दिएका छन् । अमर बुढाथोकी र शान्ता बस्नेतको सुमधुर स्वर रहेको छ । कमल बुढाथोकी अनुप, र राम बस्नेत को शब्द त्यसैगरी लय अमरदीप बुढाथोकी र कमल बुढाथोकी अनुपको रहेको छ प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन पदम सुबेदीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया