राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को निकै उत्कृष्ट गीत सार्बजनिक भएको छ । मैले जिबनमा चाहेको मान्छे मात्र तिमि एक हौ, यदि कुनै कारण हामी बिचको मायामा बज्रपात परेको खण्डमा म त कसम तिम्रै नाममा संसार छोड्ने छु,………… हो म तिम्रो सिउँदोमा अर्कैको सिन्दुर परेमा सेतो बस्त्र ओड्नेछु……………………..  यस्तै प्रेम भावमा समाबेस गरिएको यो गीत “पानि तुर्की” नामको साथमा बजारमा आएको हो । गोर्खाली सर्जक रमेश परियारको प्रस्तुतिमा बजारमा आएको यस गीतमा बिष्णु माझि र ऋषि खड्काको सुमधुर स्वर सुन्न सकिन्छ ।

बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रमेशले छेउमै बस आउ, रोधी घरैमा, पाइला अन्तै मोड्यौ निष्ठुरी, नम्बरी सुन, रोएँ धर्की धर्की, आँखैको गाजल, लाहुरे दाइ, चंगासरि, गजल सितको थोपा लगाएतका दर्जनौं गीतहरुमा आफ्नो सिर्जना पस्किसकेका छन् । भर्खरै बजारमा आएको “पानि तुर्की” बोलको गीतमा पनि रमेश कै लय शब्द रहेको छ । उनले बिभिन्न गीतहरुमा आफ्नो सिर्जना भर्नु मात्र होइन धेरै गीतहरुको म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । उनि द्वारा अभिनित पागलै गरायो, कसम सानु लगाएतका गीतहरुको म्युजिक भिडियो रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका के.सी को जिबन्त अभिनय रहेको छ । केहि दिन अगी मात्रै बजारमा आएको आँशुको पोखरी बोलको गीतमा समाबेस गरिएको आफ्नो लय सृजनाको चर्चा सेलाउन नपाउँदै बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामा, छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया