काठमाडौँ कार्तिक २३ – श्रुति संगीत बिधालयको आयोजनामा आधुनिक गीति संग्रह “अनुज” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । चर्चित सङ्गीतकार एबम गायक साथै श्रुति संगीतका प्रबन्ध निर्देशक नरहरी प्रेमीको सभापतित्वमा सम्पन्न भएको सो बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ट गीतकार रत्न शमशेर थापा रहेका थिए ।

उक्त बिमोचन कार्यक्रम भरत भट्टले संचालन गरेका थिए । यस कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशकहरु दयाराम दाहाल र मदन घिमिरे, डा.तारालाल श्रेष्ठ, बरिष्ट गायक आनन्द कार्की, रामकुमार एलन, प्रसिद्ध सङ्गीतकार सिके रसाईली लगायत अन्य कलाकारहरु र पत्रकारहरूको सहभागिता रहेको थियो । आधुनिक गीति संग्रह “अनुज” मा कुशल सङ्गीतकार सम्राट थापाको एकल सङ्गीत रहेको छ भने कुशल गीतकार मीन बानियाँको एकल शब्द रचना रहेको छ ।

“अनुज” गीति संग्रहमा आनन्द कार्की , सम्राट थापा, नरहरि प्रेमी, राम चन्द्र काफ्ले, दिपक लिम्बू , जिना रसाईली, सानू मैयाँ यादबको स्वर समेटिएको छ । यस गीतको प्रस्तुतकर्ता शोभा बानियाँ रहेकी छिन् ।

तपाईको प्रतिक्रिया