राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित गायक मौसम गुरुङले नयाँ लोकदोहोरी गीतमा आफ्नो स्वर भरेर भर्खरै बजारमा पठाएका छन् । उक्त गीत दिपक लामाको प्रस्तुतिमा “मायाको रुमाल” बोलको रहेको छ । गायक मौसमलाई यस गीतमा गायिका चम्पा खुलाल मगरले स्वरमा साथ दिएकि छिन् ।

गीतको म्युजिक भिडियोलाई शंकर बि.सी.ले निर्देशन गरेका हुन् भने गीतमा शव्द ओम छिनालको रहेको छ । ओमको स्थायी घर गोर्खा हो भने हाल मलेसियामा रहेका छन् । उनले आफ्नो समय अनुकुलमा बिभिन्न मौलिक गीतहरुलाई बजारमा ल्याइरहेका छन् ।

गायक मौसम गुरुङ कै लय द्वारा सुसजित यस गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलको छायांकन गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । भिडियोमा शंकर बिसी र मोड्ल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतको अडियो तथा भिडियोको सर्वधिकार सितल सिजन डिजिटल प्रालिल संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया