१ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको पहिलो दिन छैठो अन्तरास्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउँदै छ । यसै दिनलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ”मै हु ढाका टोपी” गीत सार्वजनिक गरेका छन। नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको गीतमा अमुल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ। गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’गीती एल्बममा समाबेश गीत ”मै हु ढाका टोपी” को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।
बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका _२ चारपाने, झापामा जन्मनुभएका गीतकार ज्ञानु राजबंशीको यस ‘मेरो प्यारो नेपाल’ भन्दा अगाडी राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र ‘साली टर मुइ रसिया ‘ गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन। ‘मेरो प्यारो नेपाल’ एल्बम मा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया