राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि पछिल्लो समय फेरी अर्को मौलिक गीत बजारमा आएको छ । बिगत निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल बिक्रम आचार्यले यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । यी संगै उनको यो “रेलको साँचो” बोलको गीत पछिल्लो प्रस्तुति हो । गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा कुनै सत्यनारायण पुजामा रमाइलो गरिरहिएको आभास पनि हुन सक्दछ । यो मात्र नभएर बिभिन्न चाडपर्ब हरुमा सहभागी भएर प्रत्यक्ष दोहोरी गएको आभास पनि हुन सक्दछ ।

बिक्रम आचार्य र गीता देबीको सुमधुर स्वरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना महेश नेपालले भरेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको “रेलको साँचो” बोलको गीतको म्युजिक भिडियोमा शंकर बि.सी र रिना थापा मगरको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया