काठमाडौँ पौष २५ – नेपाली लोक सांगीतिक क्षेत्रमा विगत लामो समयदेखि निरन्तर सकृय रहँदै आएका गायक मौसम गुरुङका धेरै गीतहरू दर्शक श्रोतामाझ लोकप्रिय छ्न् । विशेषत सेन्टिमेन्टल गीतहरू र मौलिकता बोकेका धेरै गीतहरू गाएका गुरुङ र सबिता गुरुङको आवाजमा भर्खरै मात्र नयाँ सालैजो गीत “यो मनको कुरा” सार्वजनिक भएको छ । लोकप्रिय एवं वरिष्ठ गायिका शर्मिला गुरुङको लय सिर्जना रहेको यस गीतलाई गीतकार तथा संचारकर्मी किस्ना आचार्य रोशनी ले शब्द सिर्जना गरेकी हुन ।

यस अगाडि पनि रोशनीले सिर्जना गरेका अरु थुप्रै मौलिक गीतहरू गायक गुरुङले गाइसकेका छ्न भने अझै केही प्रकाशनको तयारीमा समेत रहेका छ्न् । रबिन गुरुङको निर्देशन ,खेम थापा मगरको छायांकन ,मेख बहादुर थापाको सम्पादनमा तयार भएको यस सालैजोमा याम गुरुङले कोरियोग्राफ गरेका छ्न् । नवज्योति भिजन नेपालले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोमा नमिता गुरुङ निस्चल जिएम लगायत साथिहरुको अभिनय देख्न पाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया