राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोज्गारी समस्याको कारण कयौं नेपालीहरु पर्देशिन बाध्य बनिरहेका छन् । कुनै खाडी मुलुकमा मात्र होइन, यो समयमा धेरै नेपालीहरु ब्रिटिस आर्मीमा भर्ति भएर लाहुरे जिबन बिताउन पनि बाध्य रहेका छन् । यसरी घरदेश छोडेर परदेशी भूमिमा आफ्नो दैनिकी गुजार्न बाध्य बन्दै बुढ्यौली उमेरमा स्वदेश फर्किने तथा आम संगीत पारखीहरुका लागि लक्षित गर्दै भरत उदासीले एक निकै मन लोभ्याउने गीत बजारमा लिएर आएका छन् ।

गीतकार, संगीतकार, साहित्यकार, गायक तथा मोडल भरत यु सबै बिदामा पोख्त कलाकार हुन् । उनले यस अगी पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । भरतको पछिल्लो सांगीतिक कोसेली “कुर्दै कुरेन मायाले” हो । धिताल फिल्म्स प्रालि मार्फत बजारमा आएको यस गीतमा लक्षु प्रकाश मल्लको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतलाई शब्द संगीत उदासीले नै भरेका छन् ।

रसिलो स्वभावका प्रतिभावान कलाकार भरत उदासीको “कुर्दै कुरेन मायाले” बोलको यो गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । खर्चालु ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा रामचन्द्र अधिकारी, सुरबीर पण्डित, बिष्णु सापकोटा, अस्मिता बस्नेत, शिब बि. क, रिचा थापा, भगत शाह, भरत उदासी, निशान चिलुवाल, लक्ष्मी लामा, राम बहादुर लामा र नरेश के.सी को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियोलाई कोरियोग्राफी शिब बि.क ले गरेका हुन् भने निर्देशन होम धिताल, छायांकन राजेश घिमिरे र सम्पादन रोशन धितालले गरेका छन् । हामी बहुप्रतीभासाली कलाकार भरत उदासीको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया