राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडल शंकर बि.सी को अभिनयमा एक निकै मन छुने गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत गायक तथा सर्जक राज बराइली र कृष्ण बिक्रम सिलवालको प्रस्तुतिमा “अल्लारे जोबन” बोलको रहेको छ । काँठ अत्यन्त प्रचलित यस भाकामा राज बराइली, कृष्ण बिक्रम सिलवाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।
राज बराइलीको लय र राज बराइली अनि कृष्ण बिक्रम सिलवालको शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा शंकरलाई आरुषी मगरको अभिनयमा साथ् मिलेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर कपिल लामाले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।