राजु बोहरा–काठमाडौँ । भनिन्छ छोरी मान्छेको उमेर नसोध्नु र छोरा मान्छेको तलब नसोध्नु, श्रावन महिनाको ५ गते धौलागिरी अंन्चल बागलुङ जिल्ला बरेङ गाउपालिका १ चित्रेमा बुवा छायादत्त पाध्या आमा दुर्गादेबी आचार्यको सन्तान किस्ना आचार्य रोशनीले पनि आफ्नो जन्म साल बताउन चाहिनन् । हुन त उनको कला तथा पत्रिकारिता क्षेत्रको प्रसंसा गर्न उमेरको खाँचो पर्दैन ।

यसैपनि धौलागिरी अञ्चल लोक कला संस्कृति को धनी र उर्वर मानिन्छ । धौलागिरी ले नेपाली लोक क्षेत्रमा धेरै अग्रज श्रस्टा जन्माइसकेको छ भने युवापुस्ताको पनि उत्तिकै सक्रियता देखिन्छ । सानै उमेर बाट गीतसंगीत र साहित्यमा अत्यन्तै रुचि राख्ने रोशनीका २०६५/६७ मै एउटा उपन्यास “च्यात्तिएको मन” र संघर्ष गजल सग्रह प्रकाश भैसका थिए भने २०६८ मा “फुल सम्झ या काडा बोलको गीतबाट आफ्नो कलाकारिता यात्रा शुभारम्भ गरेकी उनले हालसम्म करिब २ दर्जन भन्दा बढी गीतहरुमा आफ्नो लय शब्द र स्वर भरिसकेकी छिन् ।

यसको अलवा केहि गीतहरुको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । विशेष गरेर मौलिक गीतहरू सिर्जना गर्न र सुन्नमा रुची राख्ने रोशनीको सोल्टीनि नानी, सोल्टिनि नानी २, सोल्टिनी संग, पुर्णेकी जुन जस्ती, मायाले होलाकी मलाई , मनको कुरा, तेलको पैचो पानीले, पाहुना रैछ, गोर्खाली बाग्लुङ्गे, काँहा छौ सानू, टेलिकम कि दिदि, हास्ने मनै छैन लगायतका गीतहरूले सांगीतिक बजारमा राम्रो लोकप्रियता कमाएका छ्न् भने धेरै गीतहरु अहिले बजारमा रहेका छन् ।

उनि अहिले कलाकारिता क्षेत्र संगै पत्रकारिता क्षेत्रमा पनि क्रियासिल रहेकी छिन् । उनले २०७० देखि आफ्नो पत्रकारिता विधालाई पनि निरन्तरता दिईरहेकी छिन् । यु यस खवर डट कम, “पाक्षिक” हिमचुली खवर डट कम, ताजा खवर डट कम, र म्युजिक खवर पाक्षिक संग पनि रोशनीले निडरताका साथ् नेपाली पत्रकारिता विधाबाट नेपाली कला क्षेत्रमा भएगरेका बिकृति र विसंगतिको बिरुद्धमा बोल्नु उनको बिशेषता हो ।

कृष्नाको पछिल्लो पटक बजारमा आएको गीत “जोगी” बोलको गीत हो । उनको शब्द सिर्जनामा सजिएको यस गीतमा लय प्रेम सापकोटा “सोनु” को रहेको छ भने स्वर प्रेम सापकोटा “सोनु” र पूर्णकला बि.सी को रहेको छ । यस गीतको म्युजिक भिडियोमा सोना के.सी र युदीन न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रेम सापकोटा “सोनु” ले गरेका हुन् भने छायांकन तथा सम्पादन गोबिन्द बिस्टले गरेका छन् ।

नेपाली गीत गीत संगीतको क्षेत्रमा पछिल्लो पटक बजारमा आएका गीतहरुमा सिर्जना र खुबी भन्दा पनि पैसा हुनेको हावी बढी छ । धारणा राख्ने कृष्नाको शब्द सिर्जनामा आसुको मूल्य, मायाको घैला, गुनासो लगाएतका गीतहरु पनि अहिले बजारमा रहेका छन् । हामी पत्रकार तथा गीतकार कृष्ना आचार्य रोशनीको सफल जिबनी यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

जोगी बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया