काठमाडौँ माघ ३ – अहिले परदेशमा पनि नेपाली गीत संगीत र कलाकारको ख्याति र चर्चा चुलिंदै गएको देखिन्छ । युरोपेली मुलुक पोर्तुगलमा पनि नेपाली गायक, गायिका र कलाकारहरुको उपस्थिति बाक्लो छ । तर सबैले आफ्नो कला र गलाको कर्मलाई निरन्तरता दिन नसके पनि केहीले भने युरोपको काम र ब्यस्तताबाट बचेको सानो समयलाई पनि अत्यन्त मेहनतकासाथ उपयोग गरेका छन् । यसरी युरोपको पोर्तुगलबाट पनि आफ्नो गायन लाई निरन्तरता दिइरहने एकजना चर्चित र लोकप्रिय गायक हुन् शम्भु सिलवाल ।

केही समय अघि आफ्नो बिबाहकोलागि नेपाल जाँदा बेहुलो भइरहेको बखत पनि उनले गाउन छाडेनन्, आफैंले गाएको पन्चे बाजाको गीत आफ्नै बिबाह मन्डपमा छायांकन समेत गराए । सिलवाल भन्छन्, “आफैं, गायक, आफैं बेहुलो, आफ्नै बिबाह मन्डपको छायांकन यो मेरो लागि अत्यन्तै विशेष र अवस्मरणीय भएको छ ।

चर्चित गायिका देवी घर्ती र शम्भु सिलवालको आवाज, दुर्गा थापाको लय तथा संगीत संयोजन , सिलवालकै शब्द , मरभूमि नारायणको छायांकन र एम के थपलियाको निर्देशन रहेको शायुष्मा प्रोडक्सनको यो गीत बिबाह र लगनहरुको समय पारेर युट्युब मार्फत बजारमा आएको छ। गीतले सधैंझैं दर्शक र श्रोताहरुको माया र साथ पाउने गायकको बिश्वास छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया