पछिल्लो समय नेपाली लोकगीत संगीतको बजार फराकिलो हुँदै गहिरहेको छ । अन्य गीतसंगीत को तुलनामा लोक गीत सुन्न हेर्न रुचाउँने दर्शन श्रोता देश तथा बिदेशमा प्रसस्तै छ्न् । सुन्दा आनंद सरल र सहज सिर्जना नेपाली हरुको जनजिवन मा घटेकै विषयबस्तु टिपेर तयार गरिने लोक दोहोरी अत्यन्तै लोकप्रिय बिधा पनि हो ।
एक दिनमै कैयौं गीतहरू म्युजिक भिडियो हरु सार्बजनिक भैरहने लोक सांगीतिक बजारमा भर्खरै मात्र आरति मिडियाको प्रस्तुतिमा युदिन न्यौपाने को नयाँ गीत जोगी सार्बजनिक भएको छ । बिगत लामो समयदेखि लोकसंगीत मा आबद्ध रहेका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनु र पुर्णकला बिसि को आवाज मा रहेको गीतमा भाका गायक स्वयं सोनु ले बनाएका छ्न भने किस्ना आचार्य रोशनी को शब्द सिर्जना रहेको छ । प्रेम कै निर्देशन मा तयार भएको गीतको म्युजिक भिडियो मा गोबिन्द बिष्ट को छायांकन र सम्पादन रहेको छ । म्युजिक भिडियो मा युदिन न्यौपाने / सोना केसि र अर्जुन कडेलको उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया