राजु बोहरा–काठमाडौँ । माघ महिना, शांखुको सलिनदी मेला चलिरहेको बेलामा यसै सेरोफेरो भित्र केन्द्रित एक गीत बजारमा आएको छ । सालिनदी नुहाउन गएको बेलामा एक युवाले अर्की एक सुन्दरी युवतीलाई पहिलो भेटमा नै मन पराएपछी परिचयको माग राख्दा बनेको यस गीतमा रमेशराज बराइली, सुदीपराज सेन्चुरी, सरस्वति अर्याल र जेनिशा तामांगको सुमधुर स्वर रहेको छ ।

गीतलाई गोर्खा चौतारी म्युजिक प्रालि मार्फत सबिनराज सेन्चुरी र सरस्वति अर्यालको नाममा बजारमा पठाईएको हो । प्रस्तुत गीतलाई लय रमेशराज बराइलीले भरेका हुन् भने शब्द सबिनराज सेन्चुरी र रमेशराज बराइलीले भरेका छन् ।

मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ भिडियोमा दिपक खड्का र आशा खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । खमेश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन सागर गौतम र सम्पादन नबिन घर्तीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया