राजु बोहरा–काठमाडौँ । नेपालको परदेश नम्बर ३ को रामेछाप जिल्लाको गोकुलगङा वडा न ४ मा जन्मेका नेत्र बहादुर कार्कीले पहिलो पटक निकै मनछुने गीत बजारमा लिएर आएका छन् । भेगिए हिसाबले पुर्ब पश्चिम उत्तर दक्षिणका गीतहरु बजारमा छरपष्ट रहेको बेला उनले आफ्नो पहिलो प्रस्तुतिमा सबभन्दा मन पराउने खालको काठे लोक दोहोरी “लालुपाते फुलेर रातै भो” बाट साङितिक यात्रा शुरु गर्दैछन् ।

कार्की गित संगीतलाई पहिले देखिनै माया गर्दथे । उनि अहिले पेसाले पत्रकारिता पनि गर्दैछन् भने हाल राष्ट्रिय संगीतकर्मी संघको प्रदेश नम्बर ३ को कार्यसमिति सचिब समेत रहेका छन् । नेपाली गित संगीतलाई धेरै नै रुचाउने कार्कीले हालै मात्र आफ्नो पहिलो सांगीतिक कोसेलीको रूपमा “लालुपाते फुलेर रातै भो” बोलको गीत ल्याएका हुन् 

प्रस्तुत गीतलाई नेत्र बहादुर कार्की र रामकुमार पौडेलको शब्द र रामकुमार पौडेलको लयबाट सुसजित उक्त गीतमा रामकुमार पौडेल, नेत्र कार्की र मिश्रा काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा अभिनय गणेश सुनार र रेखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । ‘लोक दोहोरी गीत “लालुपाते फुलेर रातै भो” गीतको म्युजिक भिडियोलाई निर्देशन रामचन्द्र बोहराले गरेका हुन् भने छायांकन कृष्ण पान्डे र सम्पादन जीवन सेन्चुरी गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया