राजु बोहरा–काठमाडौँ । पहिलेका समयमा संचार माध्यमको बिकाश नहुँदा कुनै एक ठाउँको सन्देशलाई अर्को ठाउँमा पुर्याउन गाइने दाइहरुले महत्वपुर्ण भूमिका निर्बाह गर्दथे । तर पछी संचार माध्यमको पूर्ण बिकाश भैसकेपछी त्यो एकादेशको कथा हुन पुगेकोछ । यसो हुँदा पनि आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेश्यका साथ् सारंगी बादक हेमन्त कान्छा रसाइलीले त्यहि झल्कोलाई टपक्कै टिपेर आफ्नो सांगीतिक कोसेली मार्फत लिएर आएका छन् । (तक्दिर) निसी पारी भिर” नामको साथ बजारमा ल्याइएको यस गीतमा स्वर शब्द र संगीत हेमन्त कान्छा रसाइलीको नै रहेको छ ।

अहिलेको समयमा कुनै पनि गीतको म्युजिक भिडियो निर्माण गर्दा निकै तामझामका साथमा गर्ने गरिन्छ । तर यस गीतको म्युजिक भिडियो भने साधारण तरिकाले नै तयार पारिएको छ । यसरी साधारण तरिकाले तयार पारिएको भिडियो भएता पनि गीतको मर्मलाई बुझ्ने हो भने जो कसैको मन छुने बिश्वास लिन सकिन्छ । यस गीतको म्युजिक भिडियोमा हेमन्त कान्छा रसाइलीको साथमा अनिल थापा मगर पनि मादल बादकको रुपमा देखिएका छन् । भिडियोलाई छायांकन तथा निर्देशन बिक्रम काउछा मगरले गरेका छन् भने सम्पादन हुम गह्रेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया