राजु बोहरा–काठमाडौँ । कसैलाई मन देखि मन पराइन्छ र त्यो मान्छे बाट धोका हुन्छ भने हरेक प्रेमी जोडीहरुले आफ्नो संसार गुमेको महसुस गर्दछ । यस्तै परिस्थितिलाई केन्द्रित गर्दै ओम शान्ति म्युजिक प्रालिले एक निकै मनछुने गीत बजारमा ल्याएको छ । उक्त गीत शान्ति रिजालको “फेरिएछ चोला” बोलको रहेको छ । प्रस्तुत गीतमा अहिलेका सर्वाधिक श्रोता एवं दर्शकहरुको उच्च रोजाई बनेका राम्जी खांड र शान्ति रिजालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय बरालले तयार पारेका हुन् भने शब्द साजन पराजुलीको रहेको छ ।

गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिने डिजिटल बजारमा ओम शान्ति म्युजिक प्रालिले उपलब्ध गराइसकेको छ ।भिडियोमा प्रकाश सापकोटा र मंजिता के.सी को घत लाग्दो अभिनय देख्न सकिन्छ । “फेरिएछ चोला” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन साजन पराजुलीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन मिन रावलले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया