राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरुमा कसैलाई फिल्मी गीत मन पर्छ भने कसैलाई आधुनिक, कसैलाई लोक र पप मन पर्ने गर्दछ । यसै भित्र आधुनिक गीत संगीत मन पराउनुहुने श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै प्रमोद खरेलको स्वरमा “जस्लाई आफ्नो सम्झें” बोलको गीत भर्खरै बजारमा आएको छ । यस गीतलाई रमण गुरुङ (असफल) ले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत भरेका छन् ।

नेपाली गीत संगीतको म्युजिक भिडियो निर्माणको क्रममा ख्याती कमाएका निर्देशक प्रविन थापा द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन नवराज घिमिरेले गरेका छन् भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । भिडियोमा अन्जली अधिकारी र रबिन्द्र तिथुंगको अभिनय देख्न सकिन्छ । यस गीतको सर्वधिकार मेलमिलाप डिजिटल प्रालि संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया