राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको म्युजिक भिडियो मोडलिंग विधामा आफ्नो छुट्टै स्थान जमाएका मोडल द्वय महेन्द्र गौतम र अन्जली अधिकारीले एक काँठे गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । यस भन्द पहिले पश्चिमी गीतहरुको म्युजिक भिडियोमा उनीहरुको बढी मात्रामा अभिनय देख्न सकिन्थ्यो । यस गीतको म्युजिक भिडियोमा महेन्द्र र अन्जलिको अभिनयलाई कति दर्शक मन पराउने हो हेर्ने बाँकी छ ।

महेन्द्र गौतम र अन्जली अधिकारी द्वारा अभिनित अमृत खाती र उमा श्रेष्ठको संयुक्त प्रस्तुति “जुनतारा” बोलको हो । यस गीतमा अमृत र उमा कै सुमधुर स्वर सुन्न सकिन्छ । सुरज अधिकारीको लय र यादम श्रेष्ठको शब्द द्वारा सुसजित “जुनतारा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन दुर्लब श्रेष्ठ र सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया