आर पोखरेल, काठमाडौँ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै मार्मिक लोकदोहोरी गीत घातको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हरि बहादुर काफले मगर र गायिका सुमित्रा राना मगरको आवाज रहेको छ ।
आफुलाई प्राण भन्दा प्यारो तरिकाले माया गर्ने मायालुले अर्कोलाई खुशी पाने आफना प्रेमीलाई माया गर्ने प्रेमीकालाई कहिले पनि साथ नछोड्न आग्रह गरेका छन । सविता सुनारको शब्द तथा तिर्थ विक्रम पाख्रिनको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । घात गीतमा सारिका केसी , समिर विकी र संगीताको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
घात गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया