राजु बोहरा–काठमाडौँ । हाल सम्म पनि संघर्षरत तर त्यहि संघर्सले स्थापित हुन सफल प्रसाद लामिछानेले आफ्नै लय तथा शब्द सृजनामा फेरी अर्को निकै मनछुने गीत बजारमा ल्याएका छन् । उक्त गीत डिला बि.क को प्रस्तुतिमा “हारिस जिन्दगि” बोलको रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो मान्छे बाट घात हुन्छ भने जो कोहिले पनि आफ्नो सर्वस्व गुमाएको महसुस गर्ने गर्दछ । यस्तै पेरिफेरिमा तयार भएको यो “हारिस जिन्दगि” बोलको गीतमा डिला बि.क र चेतन गोतामेको सुमधुर स्वर सुन्न सकिन्छ । कलाकार प्रसादले यस अगी पनि आफ्नो सांगीतिक यात्राको क्रममा “आफै संग आफै हारे म” बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई पनि स्मरण गर्ने हो भने हारले फापेक कलाकार प्रसाद हुन् ।

यस गीतको म्युजिक भिडियोमा प्रसाद लामिछाने स्वयम् देखिएका छन् प्रसादलाई सगुन शाही र कृष्ण पोख्रेलको पनि अभिनयमा साथ मिलेको छ । यी तिन कलाकारको अभिनयले गीतलाई न्याय गरेको मनन गर्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया