राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी स्थायी घर भएकी सुनिता दुलालले नेपाली लो संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न आएकी छिन । बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल र बिभिन्न स्टेज कार्यक्रमहरुबाट ख्याती कमाएकी सुनिता दुलाल नभई उनि दोश्रो सुनिता दुलाल हुन् । आफ्नो नागरिकताको नाम समेत पनि सुनिता दुलाल रहेकोले परिचित नाममा नाम थप्ने चाहना नभई बाध्य भएको उनको भनाइ रहेको छ ।

सुनिताले आफ्नो पहिलो सांगीतिक कोसेली स्वरूप “बर्खे झरी” बोलको गीत बजारमा ल्याएकी छिन् । यस गीतमा गायीका सुनितालाई किरण गौतमले स्वरमा साथ दिएका छन् । विष्णु तामाङलको संगीत संयोजन र किरण गौतम कै लय तथा शब्द द्वारा सुसजित यस गीतलाई गोर्खा चौतारी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

गीतको म्युजिक भिडियोमा अभिनय करिश्मा ढकाल र सन्जिव ठकुरीको देख्न सकिन्छ । विक्रम चाैहान निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्का र डाेनमा दुर्लभ श्रेष्ठले त्यसैगरी सम्पादनकाे मिलन विश्वकर्माले गरेका भने दृश्य निर्माण वि.स्टार फिल्म ले गरेकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया