फागुन ४ काठमाडौ । पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश तथा बिदेशमा रहने नेपाली दर्शक श्रोताहरु माझ पहिलो रोजाइ मौलिक लोकगीत रहेको पाइन्छ । आफ्नै गाउँठाउँ पाखा पखेराबाट टिपेर ल्याएका सरल र सहज शब्द थेगो को प्रयोगले पनि लोक गीत लोकदोहोरी लाई अझै बढी सिङ्गार्छ र सम्पूर्ण को मुखमा झुन्डिन सफल हुन्छन् लोक भाकाहरु ।

यसैक्रममा बिगतका केही बर्ष देखि नेपाली सांगीतिक यात्रा शुरुवात गरेकी गायिका सन्जु न्यौपानेको अत्यन्तै टिपिकल गीत “लाहुर” भर्खरै मात्र सार्बजनिक भएको छ । गायक तथा सर्जक खेम सेन्चुरीको लय तथा शब्द सिर्जना रहेको यस गीतमा खेम र सन्जुको सुमधुर स्वर रहेको छ भने लाहुरको म्युजिक भिडियो मौसम हिमालिको निर्देशन ,करन चैसिरको छायांकन र प्रबिन भट्टको सम्पादनमा तयार भएको छ । म्युजिक भिडियोमा सन्जु, खेम ओबि र बिनोदको उत्कृष्ट अभिनय देख्न लाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया