ईटहरी/ नेपालि संगीत आकाशमा पछिल्लो समय धेरै गीत संगीत सार्बजनिक हुने गरेको छ । जसको सार्बजनिक भिडियो हरुले कति सफलता पाएका छन् त कतिले असफलताको स्वाद चाखेका छन् । यस्तैमा अर्को एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । गायक बल बहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म’ बोलको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ ।

यो गीत यसअघि गायकले आफ्नो नामको युट्युब च्यानलबाट सार्बजनिक गरिसकेका छन् तर भिडियोलाई भने बुढासुब्बाको युट्युब च्यानलबाट भर्खरै सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा माधब केसी र सुस्मिता श्रेष्ठ फिचर भएका छन् । यी जोडीको क्यामेस्ट्रि भिडियोमा निक्कै जमेको देख्न सकिन्छ । माधब बिगत लामो समय देखि नेपालि फिल्म तथा मोडलिङ्ग क्षेत्रमा मोफसल ईटहरीबाटै संघर्षरत छन् भने सुस्मिता मोडलिङ्गको दुनियामा भर्खरै पाईला चाल्दैछिन ।

सार्बजनिक गीतमा बल बहादुर राजबंशीको स्वर संगै उनकै संगीत सुन्न सकिन्छ भने महेन्द्र तामाङ्गको सब्द समाबेश रहेको छ । सरोज श्रेष्ठले एरेन्ज गरेको गीतको भिडियोलाई नेपालि फिल्म उधोगका परिचित निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । भिडियोलाई ईटहरिका युवा ब्यावसायी बिपिन कुमार साहले निर्माण गरेका हुन् ।

शिर कुमार राईले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । गायक राजबंशीले यसअघि पनि एउटा हिट गित संगीत उधोगमा छोडि सकेका छन् । ‘यसपाली त बिहे गर्ने हो’ बोलको सो गीतको भिडियोलाई २० लाख भन्दा बढि पटक हेरिसकिएको छ । उक्त गीतमा एलिशा राई र भीमफेदी गाईज फिचर भएका छन् ।

तपाईको प्रतिक्रिया