संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । हाल प्रबासमा रहेका बहुप्रतिभावान कलाकार रमेश परियारको शब्द संगीतमा एक निकै मन छुने भाव लहरिमा “मै अभागी” बोलको आधुनिक गीत बजारमा आएको छ । मानिसले धर्तीमा जन्मिए पछी अन्यकौं दुख पिर व्यथा भोग्नु पर्छ । सर्जक रमेश परियारले पनि आफु जन्मिदा भाग्य नै खोटी भएको भाव यस गीतमा उतारेका छन् । उनले  जन्म दिएर आफ्नी आमाले नहुर्किदै अन्त नाता जोडेर गएको सामाजिक यथार्थतालाई पनि यस गीतमा समाबेस गरेका छन् । हुन सक्दछ यो गीत धेरैका लागि काल्पनिक तर भोग्नेहरूको आँखा बाट भने पक्कै आँशु झर्ने छ ।

प्रस्तुत गीतमा अहिलेका बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ । गीतको भाव अनुसार भिडियोलाई पनि उत्तिकै जिबन्त दिने प्रयास गरिएको छ । भिडियोमा आकाश मगर र पुनम थापाको अभिनय देख्न सकिन्छ । सृजन बराल द्वारा निर्देशित भिडियोलाई छायांकन प्रविन घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया