बविना बस्नेत , दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माणमा नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को सोमबारदेखि छायाङकन शुरु भएको छ ।
दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट छायाङकन शुरु गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रको अधिकांश भाग प्रदेश १ मै सुटिङ हुने उनले जनाए । चलचित्रका निर्माता धनराज सुब्बाले चलचित्रको माध्यमबाट प्रदेश १को पर्यटकिय र पुर्वमा भएका विभिन्न प्राकृतिक सम्पदाको संरक्षण गर्न टेवा पुग्ने समेत उनले बताए ।
शंकर अधिकारी “घायल”कोे लेखन तथा निर्देशन रहने चलचित्रमा विमला गिरी, राजन महर्जन, धनराज सुब्बा, गिताञ्जली सुवेदी, अञ्जना श्रेष्ठ , सुजित यादव , ज्ञानेन्द्र चेम्जोङ , विक्रम लामा , देव मर्हजन , रमेश धतानी , कृष्ण कुमारको अभिनय रहने भएको छ ।
“सत्यम शिवम सुन्दरम“ चलचित्रबाट नायिका रिचा भण्डारीले नेपाली सिने जगतमा डेब्यु गर्ने भएकी छन । राजेश श्रेष्ठ, सन्तोष प्रकाढ र शंकर अधिकारीको संगित रहने चलचित्रका गितहरुमा ईन्दिरा जोशी, प्रविशा अधिकारी, सन्तोष प्रकाढ र नित्याशिवाको स्वर रहने छ । करिब ६० लाख भन्दा धेरै लगानी लाग्ने चलचित्रको मुख्य सहायक निर्देशकमा सुमन चापागाँई र नृत्य निर्देशन राजन मर्हजन र सुरेश पाण्डेको रहने भएको छ ।

तपाईको प्रतिक्रिया